नेपालमा कोरोना संक्रमण दर घट्दै
काठमाडौं, १७ माघ : एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ ।
पछिल्लो एक सातादेखि ३५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७.९ प्रतिशत निको भइसकेका छन् ।
हाल नेपालभरि ३ हजार ७९९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८९२ जना संस्थागत आइसोलेसनमा छन् भने १५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
