थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं, १३ माघ : पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको संख्या दुई लाख ६४ हजार ८२३ जना पुगेको छ ।
हाल देशभर ३ हजार २५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २ हजार ५०३ जनाको होम आइसोलेसनमा छन् भने ७४९ जनाको आईसीयू र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ ।
