नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, ११ माघ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।
मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ ।
शुक्रबार काठमाडौंमा उक्त समूहले प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरेको थियो । आजको बैठकमा शुक्रबार भएको प्रदर्शनको समिक्षा र आगामी विरोधका कार्यक्रमबारे छलफल हुने नेकपाले जनाएको छ ।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच माघ ९ गते काठमाडौंमा भएको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।
