सर्लाही बस दुर्घटना: २ महिलाको मृत्यु, १७ घाइते

काठमाडौं, ८ माघ : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.