कांग्रेसले आज ६ हजार ७४३ वडामा प्रदर्शन गर्दै
काठमाडौं, ८ माघ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनकोविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् । देउवाले वडास्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन आग्रह गरेका छन् ।
