उपत्यकामा १४५ सहित थप ३१८ जनामा कोरोना भाइरस संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, ७ माघ : पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४५ जना संक्रमित भेटिएका छन् । देशभर कोरोना संक्रमणको उपचारका लागि आईसीयूमा १६५ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३८३ जना रहेको छ । योसँगै नेपालमा २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म १९७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.