थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ४ को मृत्यु

काठमाडौं, ६ माघ : पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

यस्तै थप ४४१ जना निको भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित ३ हजार ७६४ र निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

उनीहरुमध्ये ८४४ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बितेको २४ घण्टामा कोरोनाभाइसबाट थप ४ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १९६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.