उपत्यकामा २४६ सहित थप ४०३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, १ माघ : पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २४६ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२/३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन् ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सय पाँचजना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.