थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५ को मृत्यु
काठमाडौं, २८ पुस : पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५९ हजार ३५८ पुगेको छ ।
हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२८० जनाको होम आइसोलेसनमा छन् भने १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको छ ।
