बिजुलीको पोल टेकाको भरमा

राजेश थापा । सर्लाही, २४ पुस : बिजुलीको पोल टेकाको भरमा लालबन्दी नगरपालिका-१५ परवानीपुरको झरझरामा रहेको सिध्देश्वर इट्टा भट्टा नजिक रहेको बिजुलिको पोल फेरिएको छ ।

गत १६ गते बेलुका ट्याक्टरले ठक्कर दिएर भाचिएको विद्युतको पोल फेर्न स्थानीय निकाय र विद्युत प्राधिकरणलाई जानकारी गराएपछि फेरिएको स्थानीयले बताए । कतिबेला दुर्घटना हुने हो भनेर स्थानीय त्रसित बनेका स्थानीय सरकारको पहलमा भाचिएको विद्युतको पोल फेरिएपछि स्थानीयले ठूलो राहत महशुस गरेका छन् ।

यस्तै, लालबन्दी नगरपालिकाको वडा कार्यालयले हिजो देखि ऐलानी भूमिहीनहरूको लगत संकलन सुरु गरेको एकदिन मै बन्द गरिएको छ ।

लालबन्दी-१६ परवानीपुरका सचिब बिष्णु गौतमका अनुसार अब मन्त्रालयबाट मेनपावर सहितकाे र जग्गाधनी पुर्जा दिने भन्ने नगरपालिकाले जानकारी गराए पछि फारम लिन बन्द गरिएको बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.