थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

काठमाडौं, २२ पुस :  पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो । देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा १४४ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।  यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।

हाल देशभर ५ हजार १३३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६०८ जनाको होम आइसोलेसनमा छन् भने १९७ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.