प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि भारत लगिने

काठमाडौं, १९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।

दाहालको सचिवालयले दिएको जानकारीअनुसार सीता दाहाललाई उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ ।

सचिवालयका अनुसार सीताले अध्यक्ष दाहाल पनि सँगै जान जोड गरेकी छन् । स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ । ‘सीता दाहालले प्रचण्डलाई नै जान चाहेको तर, प्रचण्ड पार्टीको व्यस्तताले जान नपाएको र यदि सीताले जिद्दीनै गरेको खण्डमा उनी जानेछन्’, स्रोतले भन्यो ।

सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार गरिएको थियो ।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.