नेकपा स्थायी समिति : माधव नेपालको अध्यक्षतामा कार्यदल गठन

काठमाडौं, १९ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कार्यदल गठन गरेको हो ।

पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । बैठक अध्यक्ष नेपालको अध्यक्षतामा बसेको उनले बताए ।

बैठकमा संसद् विघटन गरेपछि प्रचण्ड माधव पक्षले दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ । शनिबार दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।

प्रचण्ड माधव पक्षले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अब स्थायी कमिटीको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.