उपत्यकामा १९७ सहित थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ को मृत्यु

काठमाडौं, १९ पुस : पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये काठमाडौंका १६०, ललितपुरका २६ र भक्तपुरका ११ जना छन् ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा ६३७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।
हाल ५४८७ संक्रिय संक्रमित छन् । हालसम्म क्वारेन्टिनमा ३६७ जना छन् भने ५ हजार ४८७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार ८७८ पुगेको छ ।
