पीएसजीको मुख्य प्रशिक्षकमा पोचेटिनो

काठमाडौं, १९ पुस : अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

पीएसजीले सन् २०२२ को जुन ३० सम्मका लागि पोचेटिनोलाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

यस्तै पीएसजीले सम्झौता थप गर्नका लागि पोचेटिनोलाई विकल्प समेत दिएको छ ।

मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

पीएसजीले बुधबार टुचेललाई बर्खास्त गरेको हो ।

पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।

टोटेनहमले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो । पोचेटिनोलाई बर्खास्त गरेर टोटेनहमले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको थियो ।

पोचेटिनोले पीएसजीबाट सन् २००१ देखि ३ सम्म खेलेका थिए ।

पीएसजी यस सिजनको लिग वानमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.