स्वदेश तथा विदेशमा ‘टोपी दिवस’ मनाउँदै

नेपाली ढाका टोपीमा नेपाल ताईवान स्टडी एण्ड कल्चर सेन्टर, नेपालका अध्यक्ष शम्भु केसी, नेशनल पिङटुङ्ग युनिर्भसीटी अफ साइन्स एण्ड टेक्नोलोजीका भिजिटिङ्ग प्रोफेसर Kuis Taqnasan (नेपाली नाम कृष्ण बहादुर घले) र नेशनल पिङटुङ्ग युनिर्भसीटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा. लेखनाथ काफ्ले ।

आशिष थापा । काठमाडौँ, १७ पुस : ‘राष्ट्रिय पोशाक दौरा सुरुवाल र नेपाली ढाका टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले आठौँ राष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन नेपाली युवायुवतीहरुले आज गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन ।

राष्ट्रिय ढाका टोपी दिवसको अवसरमा सहभागीहरु । तस्वीरः कृष्ण दवाडी

विशेषगरी युवायुवतीहरु माझ अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको हुँदा अभियानले २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.