उपत्यकामा २४७ सहित थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ को मृत्यु

काठमाडौं, १६ पुस : पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १९६ महिला र ३३८ जना पुरुष गरी थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

हालसम्म क्‍वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार ३ सय ७८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १८ सय ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.