उपत्यकामा ३१२ सहित थप ५११ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु
Published On : 30 December, 2020 5:08 pm
By : Media Mission Nepal
On : ब्यानर मुख्य समाचार राष्ट्रिय
काठमाडौं, १५ पुस : पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ११० पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख २६ हजार ४७७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
त्यस्तै, सक्रिय संक्रमित ६ हजार ३०० छन् । हाल ६३ सय जना संक्रमित आइसोलेसनमा छन् भने ३६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा