चिनियाँ उच्चस्तरीय टोली फर्कियो

काठमाडौं, १५ पुस :  नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद मिलाउनको लागि नेकपा आएको चिनियाँ टोली फर्किएको छ । नेकपालाई मिलाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय गत आइतबार टोली आएको थियो ।

चिनियाँ टोली बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा स्वदेश फिर्ता भएको नागरिक उड्यन प्राधिकरणको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

चिनियाँ टोलीले नेपाल आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो। प्रधानमन्त्री ओलीसँग दुई देशको सम्बन्धको बिषयमा छलफल भएको जनाइएको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटवार्ता गरेको थियो । अध्यक्ष दाहालसँग नेकपाभित्रको अवस्थाबारे छलफल भएको थियो। टोलीले नेकपा फेरि मिल्नका लागि सुझाब दिएको थियो ।

चिनियाँ टोलीले प्रतिनिधिसभाको सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटवार्ता गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्षी दलको सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेटवार्ता गरेको थियो । चिनियाँ टोलीले कांग्रेसको सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको छ ।

नेकपा एकीकरणअघि चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौले नेपाल भ्रमण गरेका गरेका थिए । २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरेका थिए  र त्यसपछि नै पार्टी एकीकरणका लागि प्रस्ताव तयार भएको थियो ।

गुओ भ्रमणपछि सहमति भएर ०७५ जेठ ३ गते एकता घोषणा भएको थियो, त्यसैले गुओलाई एकताका सूत्रधार भनेर पनि विश्लेषण गर्ने गरिएको छ । तर एकतापछि नै विवाद भएपछि पार्टी एकीकरणमा भूमिका निर्वाह गरेको चीनले नेकपाको विवाद समाधानका लागि प्रयाससमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.