थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ को मृत्यु
काठमाडौं, १४ पुस : पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा ३६५ जना छन् भने ६ हजार ३९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १३५ पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख २१ हजार ३६७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८४० पुगेको छ ।
