नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं, १३ पुस : नेपाल प्रहरीका ९ जना प्रहरी एसएसपीलाई  डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।  प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु गणेश ऎर पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका १४ जना प्रहरी वरिष्ठ उपरिक्षकहरु डिआईजी बन्ने प्रतिस्पर्धामा थिए । सो ब्याचबाट ७ जना बढुवा सिफारिसमा सूचीमा अटाएका छन् । उनीहरु ०४९ वैशाख १९ मा सेवा प्रवेश गरेर बढुवामा पछि परेका थिए ।

११ चैत २०४९ मा सेवा प्रवेश गरेका क्षेत्रीको वैकल्पिक टोलीबाट दिवेश लोहनी र मुकुन्द राज आचार्य डिआईजीमा बढुवा सिफारिस भएका छन् ।

सो ब्याचका विश्वराज पोखरेल यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.