थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं, १३ पुस : पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमित ६ हजार ४२७ जना रहेका छन् । हाल क्वारेन्टाइनमा ३६९ जना छन् भने ६ हजार ४२७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७१८ जना निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ५७८ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख १५ हजार २३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८३२ पुगेको छ ।
