थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ को मृत्यु

काठमाडौं, १२ पुस : पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ भने हाल देशभर कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।
हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् । हालसम्म क्वारेन्टिनमा ३६९ जना छन् भने ६ हजार ७४९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८२५ पुगेको छ ।
