रियल मड्रिड ‘ला लिगा’को दोस्रो स्थानमा

काठमाडौं, ९ पुस : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडामाथि जित २-० को निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा रियलले दोस्रो हाफमा कासेमिरोको गोलमा अग्रता बनाएको थियो । मार्को असेसिनोकोको पासमा कासेमिरोले खेलको ५७ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको अतिरिक्त समयलमा इस्कोको पासमा करिम बेन्जेमाले मड्रिडका लागि अर्को गोल थपे । र, मड्रिडले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै रियल मड्रिडले शीर्ष स्थानमा रहेको एट्लेटीको मड्रिडसँग अंक बराबरी गरेको छ । रियल मड्रिलले १५ खेलबाट ३२ अंक बनाएर दोस्रो स्थानमा छ भने दुई खेल कम खेलेको एटलेटिको समान ३२ अंक जोडेर शीर्षस्थानमा छ ।

त्यस्तै गएराति नै भएका अन्य खेलमा एलाभेसले इबलाई दुई एक गोल अन्तरले हरायो भने रियल बेटिसले काडिजलाई एक शुन्यले पराजित गरेको छ ।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा गेटाफे र शेल्टा भिगोले एक एकको बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.