सिरी ए फुटबलमा युभेन्ट्सको पहिलो हार
काठमाडौं, ८ पुस : ईटालियन सिरि ए फुटबलमा फियोरेन्टिनासंग युभेन्ट्स पराजित बनेको छ ।
मंगलबार राति घरेलु मैदानमा १० खेलाडीमा सिमित बनेको युभेन्ट्स रेलिगेशन जोनबाट बच्न संघर्षरत फियोरेन्टिनासंग ३–० ले स्तब्ध बनेको हो ।
फेयोरेन्टिनाले खेलको तेस्रो मिनेटमा डुसान भल्कोभिचको गोलमार्फत अग्रता बनाएको थियो ।
युभेन्ट्स खेलको १८औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । युभेन्ट्सका जु काउड्राडो रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । युभेन्ट्सका लुबा सिल्भाले ७६औं मिनेटमा आत्मघाती गोल गरेपछि पाहुना टोली २-० ले अघि बढ्यो । खेलको ८१औं मिनेटमा मार्टिन केसरसले गोल गर्दै फियोरेन्टिनालाई जित दिलाए ।

त्यसअघि रोनाल्डोको हेड गोललाई रेफ्रीले अफ साईडको मान्यता दिएका थिए । खेल सकिन ९ मिनेट बाँकी छदाँ मार्टिन केसरसले फियोरेन्टिनालाई अप्रत्यासित जित दिलाए ।
रोनाल्डोले धेरै पटक खेल बराबरीमा ल्याउने कोशिश गरेका थिए । तर धेरै प्रहार पोस्टबाट बाहिर देखिए । केही प्रहारलाई पाहुना टिमका गोलकिपर बार्टलोमिएज ड्रागोवस्कीले निराश बनाएका थिए ।
फियोरेन्टिना १४ अंक सहित तालिकाको १५ औं स्थानमा उक्लिएको छ । पराजयसंगै ३ अंक गुमाएको युभेन्ट्स तालिकाको चौथों स्थानमा झरेको छ ।
