नेकपाको संसदीय दलको नेतामा प्रचण्ड
काठमाडौं, ८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पमकल दाहाल (प्रचण्ड) लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बुधबार बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो ।
हिजो चयन भएका अध्यक्ष माधवकुमार नेपालले दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । नेपालको प्रस्ताव अन्य सांसदहरुले अनुमोदन गरेपछि दाहाल दलको नेता चयन भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन् ।
बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
