संसद् विघटनको रिट संवैधानिक इजलास पठाइयाे, अन्तरिम आदेश दिएन
काठमाडौं, ८ पुस : संसद् विघटनविरुद्धकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ ।
प्रधानन्यााधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएकाे हाे । शुक्रबार संवैधानिक इजलासमा याे मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा साे मुद्दामा सुनुवाइकाे माग गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई, गोविन्द वन्दी, कृष्ण भण्डारी, कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।
