पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ को मृत्यु

काठमाडौं, ७ पुस : पछिल्लो २४ घण्टामा देशभर थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ४५ हजार ७ सय ९ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ३ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको  छ ।

आजसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमित ७ हजार ७२९ छन् । क्वारेन्टाइनमा ४१३ जना छन् ।

बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या १७९८ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.