नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

काठमाडौं, २ पुस : नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय र २६ लिस्ट ए, फस्ट क्लास १ सय ८ म्याच खेलेका छन् ।

उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका छन् ।

उनले सन् २०१० देखि ११ सम्म ईन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाईट राईडर्सलाई प्रशिक्षण गराएका थिए ।

उनले सन् २०१४ देखि १६ सम्म जिम्बाबेलाई प्रशिक्षण दिएका थिए । उनी कार्यकालको ९ महिना बाँकी छदै जिम्बाबेको क्रिकेट बोर्डबाट बर्खास्तमा परेका थिए ।

उनी सन् २०२० फेब्रुअरीमा सिंगापुरको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.