उपत्यकामा ३९१ सहित थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, थप १३ को मृत्यु

काठमाडौं, १ पुस : पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

उपत्यकामा बुधबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिने संक्रमितहरूमा महिला १६३ र २१८ पुरुष छन् । काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका चार हजार १४७ सक्रिय संक्रमित छन् । कुल संक्रमित संख्या ९ हजार ३९६ जना पुगेको छ । ८९ हजार १७९ जना कोरोना संक्रमणमुक्त र  हालसम्म ४५० संक्रमितले ज्यान गुमाएका छन् ‌।

भक्तपुरमा सक्रिय संक्रमित ३५१, कुल संक्रमित ८ हजार ५४८  जना रहेकोमा ८ हजार १०० कोरोना संक्रमणमुक्त भएका छन् ‌। हालसम्म ९७ संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, ललितपुरमा हालसम्म सक्रिय संक्रमित संख्या ७६२ जना पुगेको छन् । १३ हजार ६९९ सय कोरोना संक्रमणबाट मुक्त भएका, १३७ संक्रमितको मृत्यु र कुल संक्रमित १४ हजार ५९८ संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५५ पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसीआर परीक्षण गरिएको  जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.