युभेन्ट्सको जितमा रोनाल्डोको अर्को कीर्तिमान

काठमाडौं, २९ मंसिर : सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआमाथि सहज जित निकालेको छ ।

आईतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्ट्सले सहज जित दर्ता गर्यो ।

खेलको ५७ औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्टेफानो स्टुराओले ६१ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए ।

खेल सकिन एक मिनेट अघि पेनाल्टीमै दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए ।

जुआन कुआडराडो र अल्भारो मोराटालाई डिबक्सभित्र फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो ।

युभेन्ट्सले २३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

आईतबार रातिनै शीर्ष स्थानको एसी मिलानले पार्मासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

पार्माले दुई गोलको अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको क्लबसंग बराबरी खेल्न बाध्य भएको हो । हेर्नानी र जार्डन ओसोरियोले गोल गर्दै पाहुना टोलीलाई २–० ले अघि बढाएका थिए । एसी मिलानका थियो हर्नान्डेजले लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीका बाबजुत एसी मिलान २७ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । पार्मा ११ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।

अर्को खेलमा ईन्टर मिलानले काग्लिरीलाई ३–१ गोलले पराजित गर्यो । खेलमा अग्रता भने घरेलु टोली काग्लिरीले रिकार्डो सोतिलको गोलमा लिएको थियो । तर खेलको अन्तिम समयतिर लगातार तीन गोल गर्दै ईन्टरले खेल आफ्नो पक्षमा पार्यो । ईन्टरका निकोलो बरेला, डेनिलो डी आम्ब्रोसियो र रोमेलु लुकाकुले समान एक एक गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

दोस्रो स्थानको ईन्टरको २४ अंक भएको छ । काग्लिरी १२ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

अर्को खेलमा नापोलीले साम्पोडियालाई २–१ ले हरायो । जुकुब जानकोले पाहुना टोली साम्पोडियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर नापोलीका लोजानो हिर्भिङ र एन्ड्रिया पेटागनाले गोल गर्दै घरेलु टोलीलाई पुनरामगन जित दिलाए ।

नापोली २३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । साम्पोडिया ११ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।

युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए । यसअघि पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए पनि स्टेफानो स्टुरारोले बराबरी गोल फर्काएका थिए ।

यसअघि, प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग बिताएका उनी सन् २०१८ मा इटाली आइपुगेका हुन् ।

रोनाल्डोभन्दा पछि लियोनेल मेस्सीले ३६५ खेल जितेका छन् भने रोनाल्डोका समकक्षी लियान लुइजी बुफोनले ३५० खेल जितेका छन् ।

आइतबारको खेल युभेन्टसका लागि रोनाल्डोको १ सयौँ खेल पनि थियो । उनले हालसम्म ७७ गोल गरेका छन् । युभेन्टसका लागि पहिलो १ सय खेलमा ओमाल सिभोरी (८४) र फेलिस बोरेल (८०) ले मात्र बढी गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.