उपत्यकामा ३४८ सहित थप ८३० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित १० हजार ९९४ जना

काठमाडौं, २८ मंसिर : पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २५८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ सय संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसीआर परीक्षण गरिएको छ ।

हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६ सय ९८ पुगेको पनि मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.