डोकोमार्टको औपचारिक शुभारम्भ

पोखरा, २७ मंसिर : अनलाइन इकर्मस डोकोमार्टको औपचारिक शुभारम्भ भएको छ ।

डोकोमार्टको शुभारम्भ गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानिय उत्पादनहरुलाई टेवा पुर्याउने र बजारीकरण गर्ने उद्धेश्यले संचालनमा आएको डोकोमार्ट आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने विश्वास व्यक्त गरे।

किसानका उत्पादनहरुलाई वजारीकरण गर्दा आर्थिक समृद्धीको लक्ष्यलाई प्राप्त गर्ने यात्रामा सहयोगी बन्ने बताए । उनले उत्पादनकर्ताबाट सिधैं उपभोक्ताको घरसम्म उत्पादीत बस्तु पुग्ने र विचौलियाहरु नजोडिदाँ हुँदा किसानले उचित मुल्य पाउने बताए ।

मार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्य राखेको बताए । ग्राहकको विश्वसनियतालाई जोड दिने प्राथमिकतामा राखी स्थानिय उत्पादनको प्रर्वद्धन गरिने संचालक दिलिप न्यौपानेको भनाइ छ ।

मार्ट प्रवन्ध निर्देशक सुवास मल्लका अनुसार अनलाइनका एक सय भन्दाबढी उत्पादनहरु उपलब्ध छन् । अनलाइनवाटै पैसा तिर्न सकिने गरि ग्राहकले www.dokomart.com.np लगइन गरेर सामान खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.