नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाललाई उपाधि

काठमाडौं, २७ मंसिर : नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय तर्फको उपाधि जितेका छन् । पुरुष एकलतर्फ शुक्रबार भएको फाइनलमा प्रिन्सले विभागीय टिम त्रिभुवन आर्मीका विकास श्रेष्ठलाई सहज रुपमा पराजित गरेका हुन् ।

जिल्ला सदरमुकामको कभर्डहलमा भएको खेलमा प्रिन्सले सोझो सेटमानै नतिजा आफ्नो फक्षमा पार्न सफल भए । उनले २१-१४ र २१-१० को सहज सेटमा नतिजा आफ्नो पक्षमा पारे । सिनियर तर्फ प्रिन्स ९ औ वरीयतामा रहेका छन् । उनले फाइनल प्रवेशका क्रममा नेपालका नम्बर एक रत्नजित तामाङलाई पराजित गरेका थिए ।

प्रिन्ससँग पराजित भएका आर्मीका नविन श्रेष्ठले बिहिबारनै भएको दोस्रो सेमिफाइनलमा आर्मीकै रुकेश महर्जनलाई २१-१७, २१-१० को सेटमा पाखा लगाएका थिए ।

जितसँगै राष्ट्रिय पुरुष एकल तर्फको बिजेता बनेका प्रिन्सले नगद १ लाख ११ हजार १११ प्राप्त गरे । उपविजेता श्रेष्ठले नगद ५५ हजार ५५५ प्राप्त गरे । त्यस्तै सेमिफाईनलिस्ट दुई जनाले जनही १० हजार प्राप्त गर्दा युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५–५ हजार प्राप्त गर्नेछन् ।

यस्तै, सिंगल जिल्ला विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले २० हजार प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल पुग्न सफल दुई खेलाडीले जनही ५ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.