पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु
काठमाडौं, २६ मंसिर : पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ४१४ जना पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा १८ लाख २० हजार ६१८ जनाको पिसीआर परीक्षण गरिएको छ ।
बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६७४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
