उपत्यकामा ४४२ सहित थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २० संक्रमितको मृत्यु

काठमाडौं, २२ मंसिर : नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

उपत्यकामा सोमबार थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिने संक्रमितहरूमा महिला एक सय ८८ र दुई सय ५४ पुरुष छन् । काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका पाँच  हजार ७४ सक्रिय संक्रमित छन् । कुल संक्रमित संख्या ९० हजार ७ सय ७२ जना पुगेको छ। ८५ हजार दुई सय ८४  जना कोरोना संक्रमणमुक्त र  हालसम्म चार सय १४ संक्रमितले ज्यान गुमाएका छन् ‌।

भक्तपुरमा सक्रिय संक्रमित चार सय सय ४४, कुल संक्रमित ८ हजार दुई सय २८ जना रहेकोमा ७ हजार ६ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्‌ । हालसम्म ९६ संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, ललितपुरमा हालसम्म सक्रिय संक्रमित संख्या एक हजार ४० जना पुगेको छन् । १२ हजार ७ सय ४० कोरोना संक्रमणबाट मुक्त भएका, एक सय २४ संक्रमितको मृत्यु र कुल संक्रमित १३ हजार ९ सय ४ संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार २२० पिसिआर परीक्षण भएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ९० हजार ७३९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १६ सय १४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.