दार्चुलामा ट्रक दुर्घटना, तीनजनाको मृत्यु
दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन् । मृतक दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटना भएको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बैतडी, २२