डीडीसीको घिउ जापान निर्यात : चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता

काठमाडौं, २२ मंसिर : दुग्ध  विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ ।

कोभिड–१९ को  सुरुवातसँगै  निर्यात  हुन  थालेको घिउ  हालसम्म  १७  हजार  लिटर  जापान गइसकेको छ 

अझै  १५  हजार  लिटरको  अर्डर भएको  डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क  गरी घिउ लाने गरेको  उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन  गरी  उत्पादन  प्रक्रिया  तथा गुणस्तर हेरेपछि घिउ लान तयार भएको  डीडीसीका  योजना  तथा  बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

खाद्य,  प्रविधि तथा  गुण नियन्त्रण विभागले गुणस्तरको प्रमाणित गरेपछि जापानका  व्यापारी  घिउ  लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना  चार–पाँच  सय  मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए ।

आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.