नयाँ सोच प्रतियोगितामा सहभागीहरुको प्रस्तुतीकरण सम्पन्न

स्याङ्जा, २० मंसिर : पुतलीबजार नगरपालिका र यूएनडिपि(UNDP) को आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड १९ र आर्थिक तथा सामाजिक प्रतिकार्य परियोजना अन्तरगत नयाँ सोच प्रतियोगितामा सहभागी प्रतियोगीहरुको प्रस्तुतीकरण सम्पन्न भएको छ ।

पुतलीबजार नगरपालिकामा नयाँ सोच, विचार, आइडियाहरुको प्रबद्र्धन गरि ब्यवसाय सृजना गर्ने उद्धेश्यले नयाँ सोच प्रतियोगिताको आब्हान गरिएको थियो । विदेशबाट फर्किएका, कोभिड १९ बाट प्रभावित, युवा, दलित, जनजाति ब्यवसायिक योजना अनुसार उद्यम संचालन गर्न इच्छुक लक्षित कार्यक्रम रहेको थियो ।

नयाँ सोच भएकाहरुलाई सहयोग गर्ने, नगरमा स्टार्ट अप कल्चरको विकास गर्न यो प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले बताउनु भयो । यस प्रतियोगितामा ९ जना प्रतियोगिले भाग लिएको उनीहरुले आफ्ना योजनाको प्रस्तुतीकरण गरेका थिए । इन्कुबेटर निर्माण, एजोला खेति दुना टपरी उद्योग लगायतका विषयहरुमा उनीहरुले प्रस्तुतीकरण गरेका थिए ।

पुरस्कृत हुने प्रतियोगिलाई बढीमा नगद ५० हजार नगद सहयोग तथा अन्य प्राविधि सहयोग गरिने उद्यमशिलता तथा नव प्रवर्तन कोष परिचालन समितिका संयोजक एवं पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम बरालले बताउनु भयो ।

पुतलीबजारमा गरिएको यो पहिलो कार्यक्रम भएको र यस्ता कार्यक्रमले पुतलीबजारलाई उद्यमशिलतामा स्टार्ट अप कल्चरको सहरका रुपमा चिनाउन मद्दत हुने सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.