उपत्यकामा ४६० सहित थप १०२४ जनामा कोरोना संक्रमण, १० संक्रमितको मृत्यु

काठमाडौं, २० मंसिर : पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुष गरी १०२४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् ।
नुवाकोटका ४६ जना, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५ जना, सिन्धुली र बाग्लुङका १४/१४ जना, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११ जना, तनहुँ र बर्दियाका ९/९ जना , धादिङका ८, दोलखाका ७ र इलाम ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र पाल्पाका ५/५ जना, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका ४/४ जना, सर्लाही, दैलेख, दार्चुला र बैतडीका ३/३ जना, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, अर्घाखाँची र गुल्मीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा २ हजार २०६ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २४ हजार ५३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १० कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ ।
