उपत्यकामा ५६१ सहित थप १३४३ जनामा कोरोना संक्रमण, थप १३ संक्रमितको मृत्यु

काठमाडौं, १८ मंसिर : पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार १११ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ ।

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बिहिबार देशभरका विभिन्न प्रयोगशालामा थप ९ हजार २८९ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको छ । योसँगै हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ६३ हजार ९१९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.