उपत्यकामा ५३० सहित १३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौं, १६ मंसिर : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  २ लाख ३४ हजार ७५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा ५३० जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ संक्रमित थपिएका हुन् । तीनै जिल्ला गरेर  २४० महिला र २९० पुरुषमा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै ६ हजार ८०६ सक्रिय संक्रमित छन् । ३८६ संक्रमितको मृत्यु, ८८ हजार ३०२ कोरोना संक्रमणमुक्त भएका र कुल संक्रमित ८८ हजार ३०२ छन् ।

भक्तपुरमा सक्रिय संक्रमित ६०४ छन् । ७ हजार २९८ कोरोना संक्रमणमुक्त, ९३  संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ९९५ छन् ।

त्यसैगरी ललितपुरमा १ हजार ३६१ सक्रिय संक्रमित छन् । ११ हजार ८८४ कोरोना संक्रमणमुक्त, ११४ जनाको मृत्यु र १३ हजार ३५९ जना कुल संक्रमित छन् ।

बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार पाँच सय ८३ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख ४६  हजार ३३० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २१ संक्रममितको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको कुल संख्या १५ सय २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.