काठमाडौंमा सभा–जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन

काठमाडौं, १६ मंसिर : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन जस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।

कोभिड १९ महामारी नियन्त्रणमा यसअघि विभिन्न समयमा निशेधाज्ञा, लकडाउन गरेको स्मरण गराउँदै प्रशासन कार्यालयले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि भिडभाड गर्न नहुने जनाएको छ ।

पछिल्लो समय जिल्लामा विभिन्न माग राखि राजनीतिक वा अन्य भिडभाड जन्य गतिविधि भएको जानकारीमा आएको भन्दै प्रशासन कार्यालयले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । भीडभाड, सभा, जुलुस, प्रदर्शन गरे स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने प्रशासनले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.