उपत्यकामा ८२२ सहित थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि, थप २३ को मृत्यु

काठमाडौं, १२ मंसिर : पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
काठमाडौँ उपत्यकामामात्र ८२२ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६० जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ३ सय ७९ र पुरुष ४ सय ४३ छन् ।
काठमाडौं जिल्लामा ७ हजार ८ सय ६७ सक्रिय संक्रमित छन् । ३ सय ४२ संक्रमितको मृत्यु, ७८ हजार १ सय ६२ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८६ हजार ३ सय ७१ छन् ।
भक्तपुरमा सक्रिय संक्रमित ६ सय ८ छन् । ७ हजार ९२ कोरोना संक्रमणबाट मुक्त, ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ७ सय ८९ छन् ।
त्यसैगरी, ललितपुरमा १ हजार ५ सय ४६ सक्रिय संक्रमित छन् । ११ हजार ३ सय १५ कोरोना संक्रमणबाट मुक्त, १ सय ३ संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ९ सय ६४ छन् ।
अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर १२ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।
हाल देशभरमा १७ हजार २३७ जना सक्रिय संक्रमितहरू रहेका छन् । संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा १० हजार ४६० नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख १० हजार ४६० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको कुल संख्या १४ सय ३५ पुगेको छ ।
