थप १६१४ जनामा कोरोना भाइरस संक्रमण, थप २३ को मृत्यु

काठमाडौं, ११ मंसिर : पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४३७ जना संक्रमणमुक्त समेत भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ९ हजार ४९१ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित दिनहुँ घट्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १६ हजार ७९३ जना सक्रिय संक्रमितहरू रहेका छन् ।
पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएसँगै नेपालमा हालमसम्म कोरोनाबाट मृत्यु हुनेहरूको संख्या १४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
