उपत्यकामा ८३५ सहित १९४८ जनामा कोरोना संक्रमण, थप २८ संक्रमितको मृत्यु

काठमाडौं, १० मंसिर : पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए । यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार २१० नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ९० हजार ५०९ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत  थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ८९ पुगेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.