उपत्यकाका ९५७ सहित १६६९ जनामा संक्रमण पुष्टि, ५६९९ संक्रमणमुक्त

काठमाडौं, ७ मंसिर : पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६९ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९५७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ९९ हजार २४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ३२ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ६० हजार ७५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।  आजसम्म देशभर ६८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ ।

विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत  थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय २१ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.