नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं, मंसिर : नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

गृह मन्त्रालयले गरेको सार्वजनिक सरुवा सूचीमा महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहलाई  ल्याइएको छ। त्यसैगरी, श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।

यसैगरी, किरण बज्राचार्यको सरुवा महानगरीय प्रहरी परिसर, ललितपुरमा भएको छ। ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन् । सो शाखामा रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.