उपत्यकामा ११०७ सहित १९४५ संक्रमित थपिए, ५३६४ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर : पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा २७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ४ सय ८४ र पुरुष ६ सय २३ छन् ।

काठमाडौं जिल्लामा ९ हजार ६ सय ८१ सक्रिय संक्रमित छन् । ३ सय १६ संक्रमितको मृत्यु, ७१ हजार ५ सय ९१ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८१  हजार ५ सय ८८ छन् ।

भक्तपुरमा सक्रिय संक्रमित ७ सय ८३ छन् । ६ हजार ४ सय ७० कोरोना संक्रमणबाट मुक्त भएका, ८३ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ३ सय  ३६ छन् ।

त्यसैगरी, ललितपुरमा २ हजार २ सय २८ सक्रिय संक्रमित छन् । ९ हजार ६  सय ३१ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार ९ सय ४८ छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८८ प्रतिशत रहेको छ । हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् ।

हाल देशका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमितहरु उपचाररत छन् भने मनाङ जिल्लामा संक्रमणमुक्त रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १९ हजार १४ जना होमआइसोलेसनमा रहेका छन् भने ४०३ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ३४० नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ४३ हजार ९ सय पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या १२ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.