वाग्मतीमा प्रदेशमा कोरोना सङ्क्रमणबाट ६ सय बढीको निधन

मकवानपुर, मंसिर : विश्वव्यापी  महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।  वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंकाअनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रवक्ता डा. सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत  छ । कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।  यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो ।

शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.